‘किताब जात्रा’ महोत्सव भोली देखी सुरु

बिएल संवाददाता

काठमाडाै‌ं

किताब जात्रा ‘फाउन्डेसन’ले हरेक वर्ष आयोजन गर्ने ‘किताब जात्रा’ महोत्सव भोलीदेखि सुरु हुँदैछ। एक साता सम्म चल्ने महोत्सव यसवर्ष भर्चुअल मिडिया मार्फत सम्पन्न हुँदैछ। 

कारोना महामारी अझै कायम रहेको हुँदा यसवर्ष किताब जात्रा भर्चअल  मिडिया मार्फत सम्पन्न गरिने आयोजकले जनाएको छ। महोत्सवका सेसनहरु एवी वान टेलिभिजनबाट बेलुकी ६ देखि ७ बजे सम्म प्रसारण हुनेछ।

महोत्सवमा भाषा, साहित्य, चलचित्र, समाज लगायतका क्षेत्रमा अनुभवी विज्ञासँग अन्तक्रियात्मक छलफल हुनेछन्। सोही अवसरमा वाङमय क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तिलाई पुरस्कृत गर्ने, किताब जात्राबाट सर्वाधिक विक्रि हुने किताबलाई अवार्ड प्रदान गर्ने, डिजिटल प्रर्दशनी लगायताका

विविध कार्यक्रम संचालन हुने किताब जात्राका सस्थापक ऋषिराम अधिकारीले जानकारी गराए।  
पठन–संस्कृतिलाई जीवनको अभिन्न अंग बनाउने उद्देश्यले स्थापित फाउन्डेसनले आयोजन गर्ने किताब जात्राको यो तेस्रो सस्करणको कार्यक्रम हो।

प्रकाशित मिति: : 2021-01-29 09:27:00

प्रतिकृया दिनुहोस्