‘यती चाँडो खोप लगाउन पाइन्छ भनेर सोचेकै थिएनौँ’

दशरथ घिमिरे

कोरोना माहामारीको समयमा लमही नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लोकराज पौडेल बेलुका घर फर्किँदा छिमेकीले कोरोनासाथ ल्याए झै शंका गर्थे।

क्वारेन्टिनको व्यवस्थापनमा खट्ने पौडेलले गाउँमा कोरोना ल्याउने भन्दै हल्ला चल्थ्यो । कोरोना भाइरस रोकथाममा सकृय पौडेल शुक्रबार भने ढुक्क थिए । कोरोना भाइरस विरुद्ध खोप लगाउन पाउदा उनी खुसी थिए । ‘कोरोना भाइरससँग जुध्दा सधैँ डर हुन्थ्यो । चाँडै खोप लगाउन पाउँदा खुसी छु’ उनले भने– ‘सुरुका दिनमा खुबै हल्लाहरु चले । काम गर्न गाह्रो पनि थियो । सबै बाधा व्यवधानहरु पार गर्दै यहाँ सम्म आइयो ।’

लमही अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर आकाश बेल्वासे आइशोलेसन वार्डमा समेट खटिए । जोखिमको बीचमा पनि बिरामीलाई उपचार सेवा दिन खटेका बेल्वासेले लमहीमा पहिलो खोप लगाए ।

‘सबैलाई ढुक्क पार्न म आफैले पहिलो खोप लिए । यो खोप पूर्णरुपमा सुरक्षित छ’ उनले भने – ‘सरकारले यती चाँडै खोप ल्याउला र लगाउन पाउला भन्ने सोचेकै थिएनौँ। तर, आज लगाउन पाइयो ।’

प्रकाशित मिति: : 2021-01-29 14:17:00

प्रतिकृया दिनुहोस्