सात वर्षपछि दक्षिण अफ्रिकाविरूद्ध पाकिस्तानको टेस्ट विजय

सात वर्षपछि टेस्टमा पाकिस्तानले दक्षिण अफ्रिकालाई पराजित गरेको छ। दुई टेस्टको शृंखला खेल्न पाकिस्तान आएको भ्रमणकारी अफ्रिकी देशलाई ७ विकेटले पराजित गर्ने क्रममा घरेलु टोलीले क्रमभंग गरेको हो। 

दोस्रो इनिङमा पाकिस्तानलाई जितका लागि ८८ रनको चुनौती प्राप्त भएको थियो, जसलाई घरेलु टोलीले ३ विकेट गुमाउँदै सजिलै पुरा गर्यो। पहिलो इनिङमा १ सय ९ रन बनाउने फवाद आलम म्यान अफ दि म्याच घोषित भए। 

पाकिस्तानले यसअघि २०१३ मा भएको टेस्टमा अबुधाबीमा अफ्रिकालाई हराएका थिए। यतिबेला पनि पाकिस्तान ७ विकेटले नै विजयी भएको थियो। अफ्रिकासँग हालसम्म खेलिएको २७ टेस्टमा पाकिस्तानको पाँचौ जित थियो। १५ टेस्टमा पराजय भोगेको थियो। सात टेस्ट भने ड्र भएको थियो। 

अफ्रिकाले तेस्रो दिन ४ विकेटमा १ सय ८७ रनबाट खेल्न सुरु गर्दै पुरै टिम २ सय ४५ रनमा खुम्चियो। पहिलो टेस्ट खेलिरहेका नौमान अलीले पाँच विकेट तथा यासिर शाहले ४ विकेट लिए। एक विकेट हसन अलीको नाममा रहयो। 

पाकिस्तानले पहिलो इनिङमा बनाएको ३ सय ७८ रनको जवाफमा अफ्रिकाले २ सय २० रन बनाएको थियो। दोस्रो इनिङमा भ्रमणकारी दल पुनः २ सय ४५ रनमा खुम्चिदा पाकिस्तानलाई जितका लागि ८८ रन मात्र आवश्यक भएको थियो।

प्रकाशित मिति: : 2021-01-30 07:31:00

प्रतिकृया दिनुहोस्