कोरोनाबाट प्रभावित टेनिसको उत्थानका लागि अस्ट्रेलियाको खेल अधिकारीहरुले आगामी अस्ट्रेलियन ओपनमा प्रत्येक दिन ३० हजार दर्शकलाई रंगशालाभित्र प्रवेश गर्न स्विकृति प्रदान गरेको छ।
यो निर्णय भिक्टोरियाको मन्त्रीले गरेका हुन्। आठ दिन प्रतियोगिता बिहान र बेलुका गरी दुई चरणमा गरिनेछ भने दिनमा ३० हजार दर्शकलाई मात्र कोर्टमा उपस्थिति भएर हेर्ने स्विकृति प्रदान गरिएको हो।
अस्ट्रेलियन ओपन ८–१२ फेब्रुअरीसम्म मेलबर्नमा हुँदैछ। ‘१४ दिनमा ३ लाख ९० हजार मानिस मेलबर्न पार्कमा उपस्थित हुने आशा हामीले गरेका छौं। यद्यपि यो विगतको तुलना ५० प्रतिशत दर्शक संख्या मात्र हो,’ मार्टिन पाकुलाले बताए। उनले प्रतियोगितामा भाग लिन आउने खेलाडीले १४ दिन क्वारेन्टाइनको अवधि पुरा गर्नुपर्ने स्पस्ट पारे।
गत जनवरीमा वर्षको पहिलो ग्रान्ड स्लाम खेल्न १७ सय खेलाडी चार्टर्ड फ्लाइट समातेर मेलबर्न आइपुगेका थिए। उनीहरुलाई प्रत्येक दिन पाँच घण्टा अभ्यास गर्ने वातावरण मिलाइएको थियो। तर, ७२ जना खेलाडीलाई होटलको कोठामा पुरै क्वारेन्टाइनमा राखिएको थियो, जब उनीहरुको फ्लाइटमा कोरोना संक्रमित भेटियो। गत वर्ष कोरोनाका कारण मेलबर्नमा विश्वकै लामो लकडाउन गर्नुपरेको थियो।
सरकारले यो घोषणा गरेपनि धेरै स्थानीयले कोरोना फैलिनसक्ने कुरामा चासो देखाएका छन्।