बार्सिलोना दोस्रो स्थानमा उक्लियो, मेसीको उत्कृष्ट फ्रिकिक

कप्तान लिओनल मेसीको उत्कृष्ट गोलमा एथ्लेटिको बिल्बाओलाई २–१ गोलले पराजित गर्दै बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ। 

मेसीले खेलको २० मिनेटमा फ्रिकिकद्धारा गोल गरेका थिए। उनको प्रहार रोक्न पहिलो बारमा पाँच खेलाडीलाई र गोल लाइनमा एक जनालाई पर्खाल बनाएर गोलरक्षक उनाइ सिमोनले राखेका थिए। तर, मेसीले टप भल्लीमार्फत पहिलो बारमा च्यापेर हानेको प्रहार गोलमा परिणत भयो।

मेसीको बार्सिलोनाका लागि यो ६ सय ५० गोल पनि थियो। उनले ४९ वटा गोल फ्रिकिकबाट पुरा पनि गरेका छन्। 

पहिलो हाफमा अग्रता बनाएको घरेलु टोलीलाई त्यतिबेला समस्या परेको थियो, जब दोस्रो हाफको ४९ मिनेटमा जोर्डी अल्बाले आफ्नै पोस्टमा आत्मघाती गोल गरे। तर, ७४ मिनेटमा ओस्कार मिनगुएजाको पास सदुपयोग गर्ने क्रममा आन्टोन ग्रिजम्यानले विजयी गोल गरे। 

यो जितसँगै रियल म्याड्रिड र बार्सिलोनाबीचको अंक बराबर ४० भएको छ। तर, गोलअन्तरको आधारमा बार्सिलोना दोस्रोमा उक्लिएको हो।

शिर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडको दुबै क्लबभन्दा १० अंक माथि छ। एट्लेटिकोले ५० अंक बटुलेको छ।

प्रकाशित मिति: : 2021-02-01 15:03:00

प्रतिकृया दिनुहोस्