‘आई लिग’ खेल्न प्रकाश बुढाथोकी लागे भारततर्फ

भारतको आई लिग क्लब नेरोकामा आवद्ध राष्ट्रिय फुटबल खेलाडी प्रकाश बुढाथोकी प्रतियोगितामा भाग लिन सोमबार धरानबाट हिँडेका छन्। 

उनको सफल प्रदर्शनका लागि सोमबार बिहान धरान फुटबल क्लबले बिदाई कार्यक्रमको आयोजना गरेको थियो। क्लबका संरक्षक मिनकुमार सुब्बा, क्लबका अध्यक्ष तथा एन्फाका मानार्थ उपाध्यक्ष किशोर राईले उनलाई अग्रिम बधाई दिएका थिए। 

प्रकाशको व्यवसायिक खेल जीवन धरान फुटबल क्लबबाट नै सुरु भएको हो। 

क्लबका अध्यक्ष राईले आफ्नो क्लबबाट खेल सुरु गरेर राष्ट्रिय खेलाडी हुँदै अन्तर्राष्ट्रिय क्लबमा आबद्ध हुनु गर्वको विषय भएको बताए। उनले भने ‘धराने फुटबलको इतिहास गौरवशाली छ। चार दशक पहिले त्रिभुवन कप जितेको धरानले नयाँ–नयाँ इतिहास कोर्दै आइरहेको छ। यसै क्रममा प्रकाश बुढाथोकी भारतीय क्लबबाट आइ लिगमा अनुबन्धित हुनु त्यसको निरन्तरता हो। यसमा क्लबको योगदान महत्वपूर्ण छ।’

बिदाई कार्यक्रममा राष्ट्रिय खेलाडि प्रकाशले मैदानमा आफूले देशको प्रतिष्ठा र क्लबको इञ्जत राख्ने बताए। उनले भने ‘देशको प्रतिष्ठा राख्न म बढीभन्दा बढी मिहिनेत गर्नेछु।’ 

क्लबले पकेट खर्चबापत उनलाई ५ हजार रुपैयाँ प्रदान गरेको थियो।

प्रकाशित मिति: : 2021-02-01 15:19:00

प्रतिकृया दिनुहोस्