भारतीय क्रिकेट उनादकटले गरे गोप्य बिहे

भारतीय क्रिकेटर जयदेव उनादकटले मंगलबार रिनीसँग विवाह गरेका छन्। उनले गुजरातको आणंद शहरको मधुबन रिसोर्टमा बिहे गरेका थिए। दुबैले सोसल मिडियामार्फत जानकारी दिए। 

दुबैले बिहेको कार्यक्रम गोप्य राखेका थिए। बिहेमा आफन्तहरु मात्र समावेश थिए। उनादकटकी श्रीमती रिनी वकिल हुन्।

दुबैले १५ मार्च २०२० मा कुरा छिनेका थिए। बिहेभन्दा दुई दिनअघि उनले नेतृत्व गरेको सौराष्ट्रले रणजी प्रतियोगिता जितेको थियो।

प्रकाशित मिति: : 2021-02-03 07:47:00

प्रतिकृया दिनुहोस्