फुटबल खेलाडी लामाको कतारमा सफलतापूर्वक शल्यक्रिया

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर विक्रम लामाको कतारमा खुट्टाको सफलतापूवर्क शल्यक्रिया गरिएको छ।

लामो समयदेखि दायाँ खुट्टामा चोट बोक्नुभएका लामालाई गत साता उपचारका लागि कतार लगिएको थियो। खुट्टामा राखिएको सपोर्ट निकालेर लामाको शल्यक्रिया गरिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ। शल्यक्रियापछि उनकाे अवस्था सामान्य रहेको छ। लामाको केही दिनमै फिजियोथेरापी गरिने छ।

घुँडामा चोट लागेका अर्का फुटबल खेलाडी विमल घर्तीमगरको भने शल्यक्रिया गर्न समय लाग्ने एन्फाले जनाएको छ। मगरलाई पनि उपचारका लागि एन्फाले गत साता कतार पठाएको थियो । उनी  प्रशिक्षणका क्रममा घाइते भएका थिए।

एन्फाले कतार फुटबल सङ्घसित समन्वय गरेर दुवै खेलाडीलाई उपचारका लागि कतार पठाएको हो। लामा थ्री स्टार क्लबका कप्तानसमेत हुन्। 
 

प्रकाशित मिति: : 2021-02-03 09:44:00

प्रतिकृया दिनुहोस्