खेती गर्ने सोच्दै हुनुहुन्छ? यी हुन् आधुनिक प्रविधि (भिडिओ)

सेतोपाटी

काठमाडाै‌ं

सुनिता सिटौला

के तपाईं खेती गर्ने सोच्दै हुनुहुन्छ? थोरै जमिनमा धेरै उत्पादन कसरी गर्न सकिएला भन्ने जिज्ञासा होला। वा अहिले खेतीमा कस्ता नयाँ र आधुनिक प्रविधि भित्रिएका छन् भनेर जान्न चाहनुहुन्छ?

तपाईंहरूलाई यसबारे जानकारी दिन हामीले कृषि उद्यमी तथा प्राविधिकहरूसँग कुराकानी गरेका छौं।

उनीहरूका अनुसार कृषिमा आधुनिकीकरण भएसँगै विभिन्न खेती प्रविधि नेपाल भित्रिएका छन्। अचेल पहिलेजस्तो परम्परागत र एउटै प्रविधिको भर पर्नु पर्दैन। ग्रीन-हाउस, नेट-हाउस, पोलि-हाउस, एक्वापोनिक्स, एरोपोनिक्स, हाइड्रोपोनिक्स र थोपा सिँचाइ नयाँ र उपयोगी खेती प्रविधि हुन्।

यीमध्ये केही प्रविधिबारे हामीले यहाँ चर्चा गरेका छौं। 

थोपा सिँचाइः

कृषि उद्यमी तथा प्राविधिक खोजराज कटुवालका अनुसार थोपा सिँचाइ प्रविधि जुनै खेतीमा उपयुक्त हुन्छ। यो 'एड्भान्स' सिँचाइ प्रविधि हो। परम्परागत खेती गर्दा पूरै बारीमा सिँचाइ गरिन्छ भने यसमा बिरूवा बिरूवामा मात्र सिँचाइ गरिन्छ। 

प्रकाशित मिति: : 2021-02-03 14:23:00

प्रतिकृया दिनुहोस्