स्पेनमा विदेशबाट आउनेको सङ्ख्या ७७ प्रतिशत कम

Photo - Reuters
Photo - Reuters

विदेशबाट आउनेहरुको सङ्ख्या स्पेनमा अघिल्लो वर्षको तुलनामा गत वर्ष अन्त्यन्त धेरै कम भएको छ।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार सन् २०२० मा विदेशबाट आउनेहरुको सङ्ख्यामा ७७.३ प्रतिशत कम भएको हो। 

कोरोनाभाइरसको महामारी र त्यससँगै लागू गरिएको प्रतिबन्धात्मक व्यवस्थाका कारण आगन्तुकको सङ्ख्यामा भारी कटौती भएको उनीहरुले बुधबार स्पष्ट पारेका छन्।

स्पेनको केन्द्रीय तथ्याङ्क विभागले सन् २०२० मा एक करोड ९० लाख विदेशी पर्यटक स्पेन आएको तथ्याङ्क सार्वजनिक गरेको छ। जबकी अघिल्लो वर्ष सन् २०१९ मा आठ करोड ३५ लाख विदेशी पर्यटकले स्पेनको भ्रमण गरेका थिए।

सो सङ्ख्या विश्वकै दोस्रो धेरै पर्यटकहरुको सङ्ख्या हो। त्योभन्दा बढी विदेशी पर्यटक त्यस वर्ष फ्रान्स घुम्न गएका थिए। 

प्रकाशित मिति: : 2021-02-03 20:17:00

प्रतिकृया दिनुहोस्