प्रचण्ड–माधव समूहलाई सरकारको काउण्टर, तोडफोड गरे कारवाही गर्ने चेतावनी 

बिएल संवाददाता

काठमाडाै‌ं

बिहीबार नेकपा प्रचण्ड–माधव समूहले आमहड्तालको तयारी गरिहेका बेला गृहमन्त्रालयले आमहड्ताल गरे कारवाही गर्ने चेतावनी दिएको छ। 
मन्त्रालयले बुधबार साझँ विज्ञप्ती जारी गर्दै आमहड्ताल गरेमा कारवाही गर्ने चेतावनी दिएको हो। 

मन्त्रालयले संविधान र प्रचलित कानून विपरीत शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड गर्ने, सार्वजनिक यातायात सञ्चालनमा अवरोध नगर्न  आग्रह गरेको छ।

शान्ति सुरक्षामा खलल पुग्ने गरी तोडफोड, आगजनी र जबरजस्ती लगायतका गतिविधि गरे कानून बमोजिम कारबाही गर्ने चेतावनी दिएको हो। 
 

प्रकाशित मिति: : 2021-02-03 20:49:00

प्रतिकृया दिनुहोस्