उर्लाबारीमा खेतबाट १८५ राउण्ड गोली बरामद 

प्रहरीले मोरङकाे उर्लाबारी नगरपालिका–१ लक्ष्मीझारबाट १ सय ८५ राउण्ड गोली बरामद गरेको छ। स्थानीय दल बहादुर लिम्वुको घरमा रहेको कुखुराको खोर नजिकै खेतबाट उक्त गाेली बरामद गरेकाे हाे।

उर्लाबारी १ का ५३ वर्षीय भक्तबहादुर सुवेदीले खेत खन्ने क्रममा कालो रंगको प्लाष्टिक भित्र पोको पारेर राखिएको स्थानमा गोली फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए।

बरामद गाेली ७.६२ एमएम साइजको भएकाे इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेलले जानकारी दिए। प्रहरीले गोली लुकाएर राखिएको स्थान आसपासमा हतियार समेत हुनसक्ने भन्दै खाेजी थालेकाे छ। बरामद गोलीबारे अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईले जानकारी दिए।

प्रकाशित मिति: : 2021-02-04 11:44:00

प्रतिकृया दिनुहोस्