कर छल्ने व्यवसायीले सिम फेर्दा अनुसन्धान प्रभावित, असम्बन्धितलाई फोन जाँदा समस्या

लोकान्तर

काठमाडौँ
परिवर्तन देवकोटा

नमस्कार सर, फोन आएको रहेछ ... । 

नमस्कार ! म राजस्व अनुसन्धान विभागको महानिर्देशक दीर्घराज मैनाली ।

हजुर सर ।

यो नम्बर हामीले खोजिरहेका मानिसको हो, त्यसैले कल गरेको । तपाईं को बोल्नुभयो ? 

म त कृषि विकास बैंकमा सहयोगीका रूपमा काम गर्छु सर । यो मैले केही समयअघि मात्रै लिएको हो । 

मैले खोजिरहेका व्यक्तिको घर धादिङ हो । तपाईं उनलाई चिन्नुहुन्छ कि चिन्नुहुन्न ? 

अहं, म चिन्दिनँ सर । 

राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीलाई आएको फोनमा भएको संवाद हो, यो । मैनाली एक व्यापारीविरुद्ध परेको उजुरीका सम्बन्धमा ‘फलोअप’ गर्दै थिए । 

नक्कली भ्याट तथा नक्कली बिल बिजक पेश गरी राजस्व छली गरेको उजुरीका लागि उनले ती व्यवसायीलाई फोन गरेका थिए । तर मोबाइल नम्बर केही समयदेखि बन्द रहेको र अहिले फोन गर्दा सेवा प्रदायकले अर्कैलाई सिम बेचिसकेको पाइयो । 

प्रकाशित मिति: : 2021-02-04 17:04:00

प्रतिकृया दिनुहोस्