डिकोकलाई टेस्ट कप्तानबाट हटाइने 

pthoto : Getty Images)
pthoto : Getty Images)

पाकिस्तानविरूद्धको टेस्ट शृंखलापछि क्विन्टन डिकोकलाई कप्तानबाट प्रतिस्थापन गर्ने दक्षिण अफ्रिकी प्रशिक्षक मार्क बाउचरले बताएका छन्।

उनले बुधबार नै यसको जानकारी दिँदै पाकिस्तानविरूद्ध दोस्रो टेस्टपछि डिकोकलाई प्रतिस्थापन गर्ने बताए। ‘अघिल्लो शृंखलाका लागि हामीसँग थुप्रै समय छ, कप्तान नियुक्त गर्ने सवालमा,’ उनले भने, ‘घर फर्किएपछि आनन्दले यस विषयमा चर्चा हुनेछ।’

कप्तानको भूमिकामा डिकोकलाई निकै दबाब भएको उनले बताए। ‘हामी कठोर भइरहेका छैनौं। उनी राम्रा खेलाडी हुन्। उनी फर्ममा आउनु जरुरी छ। अहिले उनी कप्तानको भूमिकामा निकै दबाबमा छन्,’ उनले भने।
अफ्रिकाले २०२०–२१ को समर सिजनका लागि डिकोकलाई कप्तान नियुक्त गरेका छन्। कप्तानको भूमिकामा डिकोक पाकिस्तानविरूद्ध पहिलो टेस्टमा उत्रिएका थिए। जुन खेलमा अफ्रिका ७ विकेटले पराजित भयो। दुई टेस्टको शृंखलामा हाल अफ्रिका ०–१ ले पछाडि छ। 

डिकोकले हालसम्म ५० टेस्ट, १ सय २१ एकदिवसीय र ४७ टि–२० खेलेका छन्। टेस्टमा उनको औसत ३७ दशमलव ७१ को छ, जहाँ उनले २९ सय ७९ रन बनाएका छन्। एकदिवसीयमा ४४ दशमलव ६५ को औसतले ५ हजार १ सय ३५ रन बनाएका छन्। टि–२० मा ३१ दशमलव ०१ को औसतले १३ सय ३ रन बनाएका छन्।

प्रकाशित मिति: : 2021-02-04 19:35:00

प्रतिकृया दिनुहोस्