बागलुङको निसीखोला गाउँपालिका–४ की गर्भवतीलाई आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
३६ वर्षीय कुमारी घर्तीलाई गर्भवती अवस्थामा जटिल समस्या उत्पन्न भएपछि उनलाई उपचारका लागि पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाइएको हो।
प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख चिकित्सक मिलन मल्लका अनुसार प्रसूति व्यथाले च्यापेपछि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा कुमारीको उपचार सम्भव उनलाई गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको पहलमा पोखरा लागिएको हो। 'आठ महिनाकी गर्भवती घर्तीको पाठेघर बाहिर निस्किएको थियो।' उनले भने।
घर्तीको अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ।