'महिला हिंसाका समस्या समाधान गर्छौं'

Blast khabar

राष्ट्रिय महिला आयोगका नवनियुक्त अध्यक्ष कमलाकुमारी पराजुलीले महिला हिंसाका समस्या समाधान गर्न नीतिगत रुपमा पहल गर्ने बताएकी छन्। 

आज भद्रकालीस्थित आयोगको कार्यालयमा बोल्दै उनले स्थानीय तहसँगको समन्वय बढाइने बताएकी हुन्। 

महिलामाथि हुने नयाँ घटनाका बारेमा अध्ययन अनुसन्धान गर्ने र त्यसको निराकरणका लागि अभियान सञ्चालन गर्न पनि आयोगको ध्यान जाने उनले बताइन्। 

'स्थान, परिवेश र घटनाको प्रकृति हेरी आवश्यकतानुरुप कानून परिमार्जन गर्न पनि आयोग तयार रहनेछ' उनले भनिन्। 

महिलाको हकअधिकार रक्षा र पीडित महिलालाई कानूनी उपचार दिन लागि विसं २०५८ मा उक्त आयोगको स्थापना भएको थियो । 

प्रकाशित मिति: : 2021-02-04 22:11:00

प्रतिकृया दिनुहोस्