डिशहोमले ल्यायो ‘डिलर दाइको डिस्काउन्ट’अफर

बिएल संवाददाता

काठमाडाै‌ं

डिशहोमले ‘डिलर दाइको डिस्काउन्ट’ नामक अफर संचालनमा ल्याएकोे छ। 

ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले उक्त अफर ल्याएको हो।

यसअन्तर्गत न्युनतम शुल्कमा ग्राहकहरुले गुणस्तरीय सेवा उपभोग गर्न पाउने छन्। सो अफरमा ८८ जना भाग्यशाली ग्राहकले जनही एक लाख नगद जिति सकेका छन्।

अन्य बार्षिक रिचार्ज गर्ने ग्राहकहरुले पनि बार्षिक रिचार्ज गर्दा यसबाट आकर्षक छुट प्राप्त गर्न सक्नेछन्। २०७६ फागुन २ गते देखि सुरु भएको यो अफर यहि माघ २९ गते सम्मका लागि लागु हुनेछ।

नेपालभरि रहेका डिशहोमका डिलरहरुमार्फत फन्ड ट्रास्फोर वा अनलाईन माध्यमबाट वार्षिक रिचार्ज गरेबापत ‘विक्ली लक्की ड्र’ मा भाग लिने अवसर प्राप्त हुनेछ।

फन्ड ट्रास्फोरबारे अधिक जानकारीका लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिनेछ। 

प्रकाशित मिति: : 2021-02-05 14:47:00

प्रतिकृया दिनुहोस्