संविधान निर्माणका अभिलेखहरू कुन अवस्थामा र कहाँ छन्

बिबिसी

काठमाडाै‌ं

अहिले सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनहरूको सुनुवाइ भइरहेको छ। केही समयअघि अदालतले संविधान निर्माणका क्रममा भएका छलफलको रेकर्ड 'मगाउन सकिने' भनेलगत्तै संसद् सचिवालयले संविधानसभामा भएका बहस र छलफलको अभिलेखहरूको खोजी सुरु गरेको छ ।

संसद् विघटनको विषय अदालतमा पुगेपछि पहिलो र दोस्रो संविधानसभामा भएका छलफलको आवाज रेकर्ड गरिएका पुराना क्यासेटहरू खोजी गरेर सुरक्षित स्थानमा राखिएको सङ्घीय संसद् सचिवालयका एक अधिकारीहरूले बताए ।

"हामीले अडियो क्यासेटहरू पुरानो संसद् भवनबाट बाहिर निकालेर सुरक्षित राखेका छौँ," संसद् सचिवालयको प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सुरजकुमार दुराले भने।

लामो समयसम्म भूकम्पले जीर्ण भवनभित्र राखिएका क्यासेटहरू अहिले सुन्न प्राविधिक समस्या हुन सक्ने आशङ्का गरिएको छ। शाखा प्रमुख दुरा ८० देखि ९० प्रतिशत क्यासेटहरूले अहिले पनि काम गर्न सक्ने जानकारी आफूलाई प्राविधिकहरुले दिएको दाबी गर्छन्। "कतिपयमा ढुसी परेको पनि होला। प्राविधिक साथीहरूले ८० देखि ९० प्रतिशत चल्छ भन्नुभएको छ। तर अब ठ्याक्कै प्रयोगमा नल्याई त भन्न सकिन्न।"

प्रकाशित मिति: : 2021-02-06 15:38:00

प्रतिकृया दिनुहोस्