शक्ति प्रदर्शनको विद्रूप प्रहसन

रातोपाटी

काठमाडाै‌ं

नेपालीमा एउटा चर्चित भनाइ छ  : साँढे मिले पनि, जुधे पनि मिचिने बाली नै हो । मुलुकको राजनीतिक परिदृश्यमा अहिले ठ्याक्कै यही भनाइको मञ्चन भइरहेको छ । सत्तारुढ दलमा आएको चरम विग्रहबीच एकअर्काका विरुद्ध शक्ति प्रदर्शनको होडबाजी चल्दै जाँदा यतिखेर ‘साँढेको जुधाइ बाछाको मिचाइ’मा जनता पर्न थालेका छन् ।

सम्भवतः इतिहासकै सबैभन्दा कठोर र संगीन मोडमा यतिखेर नेपालको राजनीति उभिएको छ । इतिहास निर्माणको सुनौलो अवसर पाएका सत्ताधारी दलहरु यतिखेर माटाको भाँडो टुक्रिएझैं फेरि नजोडिने गरी फुटिसकेका छन् ।

उनीहरुमा आएको फुट प्रकट रुपमा सत्ताको छिनाझप्टी मात्रै जस्तो देखिन्छ तर त्यसको अन्तर्य कम्युनिष्ट पार्टीका विधि, पद्दतिहरुलाई लागू गर्ने र तिनलाई कठोरतापूर्वक पालना गर्ने–गराउने कुरामा लामो समयदेखि चल्दै आएको उदासीनता पनि  जिम्मेवार देखिन्छ । त्यसमाथि थप, शरीर कमजोर हुँदा रोगले शिकार गरे जस्तै विदेशी स्वार्थ र चलखेलहरुले पनि यसमा उत्पे्ररकको रुपमा भूमिका त खेल्ने नै भयो ।

प्रकाशित मिति: : 2021-02-06 19:39:00

प्रतिकृया दिनुहोस्