सुनको मुल्यमा सामान्य वृद्धि

 साताकाे पहिलो दिन  नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। 

शुक्रवार तोलामा ९० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार ६०० रुपैयाँले बढेर तोलामा ९० हजार ६०० रुपैयाँमा कारोबार भईराहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज चाँदीको मूल्य पनि वृद्धि भएको छ। शुक्रबार तोलामा १२९० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर १३१० रुपैयाँमा कारोबार भईरहेको छ।

प्रकाशित मिति: : 2021-02-07 11:38:00

प्रतिकृया दिनुहोस्