टुचेलको आगमनसँगै चेल्सी लयमा

फ्राङ्क लाम्पार्टलाई बर्खास्त गरेर चेल्सीको प्रशिक्षक नियुक्त भएका थोमस टुचेलको अविजित खेल यात्रा आइतबार राती पनि जारी रह्यो। जब चेल्सीले १–२ गोलले घरेलु सेफिल्ड युनाइटेडलाई उसैको घरमा पराजित गर्यो। 

जर्मन प्रशिक्षकको आगमनसँगै केही संगठित देखिएको चेल्सी आन्टोनियो रुडिगेरको आत्मघाती गोलका कारण संकटमा देखिएपनि जितमा खासै समस्या भएन। टिमो वार्नरको पासमा मासन माउन्टले गोल गरेपछि चेल्सीले पहिलो हाफको ४३ मिनेटमा अग्रता लिएको थियो।

दोस्रो हाफको ५४ मिनेटमा रुडिगेरको आत्मघाती गोलका कारण भ्रमणकारी टोली केही दबाबमा देखियो। तर, जर्जिन्होले त्यसको ४ मिनेटपछि नै पेनाल्टीमार्फत ५८ मिनेटमा गोल गरेपछि चेल्सी पुनः लयमा देखियो। जर्जिन्होको यो छैटौं गोल थियो।

जितसँगै चेल्सी प्रिमियर लिगको पाँचौ स्थानमा उक्लिएको छ। उसले २३ खेलमा ३९ अंक बटुलेको छ भने लिभरपुलभन्दा एक अंकले मात्र तल परेको छ।

प्रकाशित मिति: : 2021-02-08 07:35:00

प्रतिकृया दिनुहोस्