रहरलाग्दो तरकारी बगानभित्रको कहालीलाग्दो कथा

राजु अधिकारी

खेतका गह्रामा काउली र बन्दाका रहरलाग्दा लहर छन्। कतै खुर्सानीका बोटमा फूल खेल्दैछन्, चिचिला लाग्दै गरेका गोलभेंडाको सुगन्ध मगमगाउन थालेको छ। 

आँखाले भ्याएसम्मको क्षेत्र तरकारीले ढाकेको छ। 

प्रदेश राजधानी विराटनगरबाट ८ किलोमिटर पूर्व लागेपछि पुगिन्छ कटहरीको लोहन्द्रभित्ता, जहाँ किसानको पौरख लोभलाग्दो फसलमा अनुवाद भइरहेको छ। पहिलोपटक देख्नेलाई रहरलाग्दो लाग्ने खेतमा पसिना र लगानी खन्याउने किसानको अवस्था भने पहेलिँदै गएर सुकेको तरकारीको पात जस्तो फुङ्ग उडेको छ। 

उनीहरुले उत्पादन गरेको तरकारी बजार जान सुरु भइसकेको छ। यो बेला उत्साहको पारो उच्च हुनुपर्ने किसानको भागमा खिन्नता मात्रै हात लागिरहेको छ। आफ्नै उत्पादनको मुल्य अर्कैले तोकिदिने दशकौंदेखि चल्दै आएको कृषि क्षेत्रको विभेदकारी चलन नमान्ने छुट उनीहरुलाई छैन। तर, जो तरकारी किन्न आउँछ, उसलाई भाउ बढाइदेउ भन्ने हिम्मत  समेत गर्न नसक्नु  यी किसानलाई निराश बनाउन काफी हुने बाध्यता हो। 

प्रकाशित मिति: : 2021-02-08 17:47:00

प्रतिकृया दिनुहोस्