चिसो बढेपछि काठमाडौंमा रोहिंग्यालाई बाच्नै गाह्रो (भिडियो रिपोर्ट)

ईश्वरी राई (इशु)

काठमाडाै‌ं

कठ्याङ्ग्रिने जाडो बढ्दै गएपछि उपत्यका क्षेत्रको जनजीवन कष्टकर बन्दै गएको छ। अत्यधिक जाडोका कारण नागरिकलाई बिहान–बेलुका समय कटाउन गाह्रो भइरहेको छ। 

यसैको मार सबैभन्दा बढी काठमाडौंस्थित कपन लसुनटारमा शरणार्थीको जीवन बिताइरहेका रोहिंग्यालाई परेको छ। चिसोबाट जोगिन उनीहरुको दैनिकी पनि फेरिएको छ। घामको तातो र आगो तापेर उनीहरु दिन कटाउन विवश छन्। 

बढ्दो चिसोका कारण रोहिंग्यालाई काम गर्नसमेत सकस भइरहेको छ। जस्तापाता घेरेर बनाइएको घरमा डेरा जमाएर बसेका उनीहरुलाई केहि दिनअघि वडा अध्यक्षले कम्मल दिएको रोहिंग्या समुदायका अध्यक्ष नोर हाफिजले बिएल नेपाली सेवालाई बताए।
‘जाडो छल्न ब्ल्याङ्केट दिनुभएको हो’ उनले भने। जाडोका कारण काममा जान पनि मुश्किल भएको उनले बताए। तर पोहोरभन्दा यस वर्ष धेरै जाडो महसुस भएको हाफिजले बताए। 

‘भरपर्दो जग्गा नै पाइँदैन’ उनी भन्छन्, ‘हाम्रो मूल समस्या नै जमिन हो, जाडो हुनुको कारण पनि जग्गा नै हो।’ 

आफू बसेको डेराको भूइँमा प्लास्टर नगरेर त्रिपाल बिछया्एर बसेको बताउदैँ उनले भने, ‘बस्ने ठाउँको टुङगो नै हुँदैन।’

 १० वटा ठाउँ चार्दासमेत भरपर्दा भाडाको जमिन नपाएको उनको भनाई छ। सुन्दरीजल, टोखा, पनौतीलगायत अन्य ठाउँमा जग्गा लिएर घर बनाइसकेको तर जनताहरुले अस्विकार गर्दा स्थान परिवर्तन गर्नुपरेको उनी दु:खेसो पोख्छन्। 

‘रोहिंग्याहलाई बस्न दिनु हुँदैन् भन्दै हामीलाई धपाउँछन्’उनले  बिएल नेपाली सेवासँग भने। 

बाहिर कोठा भाडामा लिएर बस्न नसकिने बताउने उनी आफनो जनजीवन कटाउन र जाडो धान्न मात्र भाडाको स्थायी जग्गा चाहन्छन्।

 ‘एउटा कोठाको मूल्य नै पाँच हजार हुन्छ, त्यत्रो पैसा कसरी तिर्नु’ उनले भने।

८ वर्षदेखि नेपालमा बस्दै आएका उनीहरु ज्यामी काम गर्छन् भने कोही घर धान्नका लागि हार्डवेयरमा काम गर्ने गर्छन। ७१ परिवार बसोबास गर्ने उनीहरु १ सय ९५ जना छन्, जसमध्ये ७५ जना १८ वर्ष मुनिका छन्। 
 

प्रकाशित मिति: : 2021-02-08 20:02:00

प्रतिकृया दिनुहोस्