लेवान्डोस्कीको दुई गोलमा वायर्न फिफा क्लब विश्व कपको फाइनलमा 

तस्वीर : राेयटर्स
तस्वीर : राेयटर्स

रोबर्टो लेवान्डोस्कीको दुई गोलमा वायर्न म्युनिखले कतारमा जारी फिफा क्लब विश्व कपको फाइनलमा स्थान बनाएको छ।

अल आहेलीविरूद्धको खेलमा लेवान्डोस्कीले १७ र ८५ मिनेटमा गोल गरेका थिए। 

जर्मन च्याम्पियन क्लबले सुरुदेखि नै खेलमा पकड बनाएको थियो। इजिफ्टको यो क्लबले कुनै पनि बेला जर्मनी क्लबलाई टक्कर दिन सकेन। 
लेवान्डोस्कोको यो सिजन २७ खेलमा २९ गोल गरेका थिए।

प्रकाशित मिति: : 2021-02-09 06:49:00

प्रतिकृया दिनुहोस्