'काम गर्न दिएनन् भन्ने ओलीले सबै विकास मैले गरेँ भन्न लाज लागेन'- रघुजी पन्त  (भिडियो)

नेकपा स्थानीय कमिटी सदस्य रघुजी पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अन्य सदस्यले हात खुट्टा बाँधेर काम गर्न दिएनन् भनेर संसद विघटन गर्ने अनि सबै बिकास मैले गरेँ भन्न लाज लागेन भनेर प्रश्न गरेका छन्।

बुधबार भृकुटीमण्डपमा बिरोध सभामा बोल्दै रघुजी पन्तले भने, ‘अस्ति नारायाणहिटी दरबारमा भाषण गर्दा पार्टीका सदस्यले काम गर्न नदिएको भनेर संसद विघटन गरे भनेको ५ मिनेट पछि सबै बिकास मैले गरेँ भन्न लाज लागेन?’

उनले प्रश्न गरे, ‘प्रधानमन्त्री ओलीले सोझा जनता माथि कति झुट बोल्न सकेको।’

प्रकाशित मिति: : 2021-02-10 15:23:00

प्रतिकृया दिनुहोस्