बाग्मती किनारमा आराम गर्दै गरेका ‘प्रदर्शनकारी’को प्रश्न– आज ओली बोल्ने हुन् कि प्रचण्ड ?

गगन अर्याल

काठमाडाै‌ं

चिसोचिसो मौसममा यूएनपार्क पारि बाग्मती नदी किनारमा वृद्धवृद्धासहित केही मानिस घाम तापेर कुराकानी गरिरहेका थिए ।

प्रतिनिधि सभा विघटनको विरोधमा नेकपा प्रचण्ड–नेपाल पक्षले आयोजना गरेको सभाका लागि भनेर काठमाडौं आएका उनीहरू सभास्थलभन्दा निकै पर आराम गर्दै गरेको अवस्थामा भेटिए ।

कुराकानी गर्दा थाहा भयो– उनीहरू आएका रहेछन् रौतहटको चन्द्रनिगाहापुरबाट ।

बेलुका ८ बजे चपुरबाट गाडी चढेको र बिहान ६ बजे काठमाडौं ओर्लिएको महेश राय यादवले बताए ।

केहीबेर जुलुसमा पनि हिँडेको बताउँदै उनले खुट्टा दुखेपछि नदी छेउमा आएर बसेको बताए ।

‘आमाले पशुपति दर्शन गर्ने भन्दै हुनुहुन्थ्यो । गाडी आउने भएपछि चढेर आयौं । बिहान पशुपतिको दर्शन गर्‍यौं । जुलुसमा २० मिनेट हिँडेपछि खुट्टा दुख्यो अनि गाडी छेउमै आएर बसेका छौं ।’

सँगै रहेकी एक महिलाले थपिन्– ‘हम् पशुपति घुमके अइली । आन्दोलन देखेगेलली और आन्दोलन भी कैली ।’ 

अर्थात् पशुपति पनि घुम्यौं, आन्दोलन पनि गर्‍यौं ।

उनीहरूलाई अब कतिबेला घर फर्किने हो भन्ने प्रतीक्षा छ ।

प्रकाशित मिति: : 2021-02-10 17:31:00

प्रतिकृया दिनुहोस्