भारत‍‌-चीन सीमा विवाद: पान्गोङ ताल क्षेत्रको विवादित स्थलबाट पछाडि हट्न भारत चीनबीच सहमति

बिबिसी

काठमाडाै‌ं

भारत र चीनले विवादित हिमाली सीमा क्षेत्रको केही भागबाट आआफ्ना सेनालाई फिर्ता ल्याउने सहमतिलाई गत जुनमा भएको हिंसात्मक झडपपछि दुई देशबीचको सम्बन्ध सुधारमा भएको प्रगतिका रूपमा लिइएको छ।

भारतको रक्षामन्त्रीले लद्दाखको सीमा क्षेत्रबाट सैनिक फिर्ता ल्याउने कदम ती दुई परमाणुअस्त्रसम्पन्न देशहरूबीच भएको "निरन्तरको वार्ता"को परिणाम भएको बताएका छन्।

चीनले पनि त्यस्तै बेहोराको घोषणा गरेको एक दिनपछि उनको त्यस्तो टिप्पणी आएको छ।

गत जुन महिनामा दुई देशका सैनिकहरूबीच भएको हिंसात्मक भिडन्तमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो।

चिनियाँ सेनातर्फ पनि केही हताहत भएको भन्ने विवरणहरू आएका थिए। त्यसयता दुई देशबीचको सम्बन्ध तनावपूर्ण रहँदै आएको थियो।

प्रकाशित मिति: : 2021-02-11 18:17:00

प्रतिकृया दिनुहोस्