झापामा शिक्षककाे कुटाइबाट विद्यार्थीको मृत्यु, दुई शिक्षक पक्राउ

कुटपिटका क्रममा विद्यार्थीको मृत्यु भएपछि झापाको कनकाई नगरपालिकास्थित चम्पापुर माध्यमिक विद्यालयका प्रधानाध्यापक र अर्का एक शिक्षक बुधवार साँझ पक्राउ परेका छन्। 

सोही विद्यालयमा कक्षा ४ मा अध्ययनरत १० वर्षीय विद्यार्थीको कुटपिट पछि मृत्यु भएको भन्दै विद्यालयका खरिदार पदमा कार्यरत रवीन मगर र विद्यालयका प्रधानाध्यापक विष्णु कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ।

विद्यालयको कार्यलय सहायक खरिदार पदमा कार्यरत मगरले कक्षा ४ मा पठन–पठन गराउने क्रममा सोधेको कुरा नजानेको भन्दै  १० वर्षीय विद्यार्थी कृष्ण प्रसाद राजवंशीलाई कुटपिट गरेका थिए। 

शिक्षकको कुटाईबाट विद्यार्थीको कान सुन्निएको र उपचारका लागि तत्काल स्थानीय मेडिलक पु-याइएको थियो।

शिक्षकको अन्धाधुन्ध कुटाईबाट सख्त घाईते भएका विद्यार्थी राजवंशीको बिर्तामोडस्थित बिएण्डसी अस्पताल पु-याइएको थियो। तर, त्यहाँ उपचार सम्भव नभएको भन्दै बिहिबार बिराटनगरस्थित नोवल मेडिकल कलेज रेफर गरिएको र अस्पताल पु-याएर उपचार शुरु गरेलगत्तै विद्यार्थीको मृत्यु भएको बताईएको छ।

यता इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले शिक्षकको पिटाईबाट विद्यार्थीको मृत्यु भएको भन्ने खवर आएपछि प्रधानाध्यापकलाई शिक्षकको घर देखाउनका लागि लगिएको र शिक्षकसहित उनलाई पनि सोधपुछका लागि राखिएको छ। घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2021-02-11 20:05:00

प्रतिकृया दिनुहोस्