प्रतिनिधि सभा विघटनमाथिको बहस : कुन देशमा कस्तो छ व्यवस्था ?

लोकान्तर

काठमाडाै‌ं

श्रीराम अधिकारी

संसद् विघटनविरुद्ध परेका रिटहरूमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा भइरहेको बहसका क्रममा एकजना सह–न्यायाधिवक्तालाई सम्माननीय प्रधानन्यायाधीशले सोध्नुभएको थियो संविधानमा संसद् विघटन गर्ने अधिकार नलेखिएको तर संसद् विघटन भएको कुनै उदाहरण छ ?

कार्यपालिकाले संविधानप्रदत्त अधिकार प्रयोग गर्ने हुनाले संविधानमा नै नभएको अधिकार कार्यपालिकाले प्रयोग नै गर्दैन । सामान्य उदाहरणका लागि कार्यपालिकाको प्रमुख प्रधानमन्त्रीले कुनै विद्यालय व्यवस्थापन समिति भ¨ वा नियुक्ति गर्न सक्दैन, किनभने कार्यपालिकाले संवैधानिक र कानूनी शक्तिको प्रयोग गर्ने हो । यस्तो समिति भंग गर्ने व्यवस्था कार्यपालिकाका लागि संविधान र कानूनले गरेको नै हुँदैन । त्यसैगरी सम्माननीय प्रधान न्यायाधीशले सोधेको संविधानमा नभएको तर विघटन भएको उदाहरण नै पाइँदैन । संसारभर कार्यपालिकाले संविधानबाहिरको शक्ति प्रयोग गर्न नै सक्दैन । 

इजलासले गरेको यस प्रश्नको जवाफ भने अवश्य थियो । तर सरकारको तर्फबाट बहस गर्ने सह–न्यायाधिवक्ताले किन भन्न सकेनन् ? विशेषत अफ्रिकन मुलुकहरूमा सैनिक शासनलगायतका बखत, सैनिक पृष्ठभूमिबाट आएका अफ्रिकाका तानाशाहहरूले र सैन्य शक्तिले निर्वाचित सरकारहरूमाथि कब्जा वा अपदस्थ गर्दा संविधानमा व्यवस्था नभएको शक्ति प्रयोग गरेको, संविधानविपरीत कार्य गरेको, संसद् विघटन गरेको उदाहरणहरू इजलासलाई दिन सकिन्थ्यो । कार्यपालिकीय शक्तिको प्रयोग संविधानतः हुने हुनाले संविधानमा व्यवस्था नभएको तर विघटन भएको उदाहरण शायद अब नेपालको नै हुनेछ ।

प्रकाशित मिति: : 2021-02-12 14:59:00

प्रतिकृया दिनुहोस्