सचिन, सैयद र दिलिपको छोरा आइपीएलको अक्सन लिस्टमा परेपछि बीसीसीआईको आलोचना

photo DNA
photo DNA

१४ औं संस्करणको आइपीएलका लागि लिलामीमा सुचिकृत भएका २ सय ९२ खेलाडीमा सचिन तेन्दुलकर, सैयद किरमानी र दिलीप दोसीका छोराको नाम समावेश गराइएपछि विवाद बढेको छ। 

भारतका पूर्व क्रिकेटर दिलिपका ४२ वर्षीय छोरा नयनले ९ वर्ष तथा सैयदका ३१ वर्षीय छोरा सादिक किरमानीले अढाई वर्षदेखि टि–२० क्रिकेट नै खेलेका छैनन्। 

यस्तै, सचिनका २१ वर्षीय छोरा अर्जुन तेन्दुलकरको प्रदर्शन पनि खासै राम्रो छैन। उनले सैयद मुस्ताक अली ट्रफीमा मुम्बईबाट २ खेलमा २ विकेट मात्र लिएका छन्। यसमा उनले ३ रन मात्र बनाएका थिए। 

मुस्ताक अली ट्रफीमा सबैभन्दा बढी रन बनाउने बिहारका आशुतोष अमन र दोस्रो राम्रो स्ट्राइक रेट भएका मेघालयका कप्तान पुनित विस्टलाई लिलामीमा सुचिकृत नगरेको भन्दै भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को आलोचना भएको छ।

प्रकाशित मिति: : 2021-02-13 08:15:00

प्रतिकृया दिनुहोस्