धिमाल फुड फेस्टिबल समापन [ फोटो फिचर ]

Breaknlinks
Breaknlinks

आदिबासी धिमाल समुदायको खाद्य परिकारको प्रवद्र्धन र संस्कृतिको संरक्षण गर्ने उदेश्यले झापाको दमकमा आयोजित ५ दिने धिमाल फुड फेष्टिबल समापन भएको छ।

धिमाल जातिय विकास केन्द्रले आफ्नो सांस्कृतिक परिकारको प्रवद्र्धनका लागि धिमाल दमकमा फेष्टिबल शुरु गरेको थियो।

फेष्टिबल आयोजक समिति संयोजक शान्ति देवी धिमालका अनुसार फेष्टिबलमा २० ओटा स्टलस्टलमा विभिन्न जातिय खानाहरु विक्रि तथा प्रदर्शनका लागि राखिएको थियो। फुड फेस्बिललाई निरन्तरता दिईने संयोजक शान्तिदेवीले बताइन्।

धिमाल फुट फेष्टिबलमा समुदायको परम्परागत खाद्य परिकार चिचिरी र गेन्द्रोलाई जोड दिइएको थियो। फेष्टिबलको नाममा पनि चिचिरी गेन्द्रो दिवश राखियो।चिचिरी धिमाल समुदायमा विशेष प्रकारको चामलबाट पकाईने र गेन्द्रो पिठोबाट पकाईने परिकार हो।

यिनैको नामबाट महोत्सवको नामाकरण गरिएको केन्द्रिय महासचिव मात्रिका धिमालले बताए। चिचिरी एक प्रकारको लस्सायुक्त धानको चामलबाट तयार पारिन्छ।

खास गरी विवाह गरेकी चेली माइत आउँदा कोशेलीको रुपमा यो परिकार ल्याउने गरिएको गरिन्छ। माइत आएकी चेली तथा ज्वाइँलाई स्वागतका लागि गेन्द्रो खुवाउने चलन छ। गेन्द्रो सोहि चामलको पिठोबाट पातमा पकाउने गरिएको छ।

धिमाल समुदायका विभिन्न खाद्य परिकारहरुको संरक्षण तथा प्रवद्र्धन गर्ने उदेश्यले फेष्टिबलको आयोजना गरिएको केन्द्रिय सदस्य मणिराज धिमालले बताएका छन्।

धिमाल समुदायका कतिपय संस्कृति, पोशाक, बाजा तथा परिकार धिमाल समुदायकै नयाँ पुस्ताले विर्सदै गएकाले उनीहरुलाई चिनाउन र अन्य समुदायमा समेत धिमाल संस्कृति बारे जानकारी गराउन फेष्टिबल सहयोगी भएको उनको भनाई छ।

फेष्टिबलमा आकर्षणका लागि दैनिक विभिन्न राष्ट्रिय कलाकालहरुको प्रस्तुती रहेको थियो। दमक नगरपालिकाको विशेष सहयोग रहेको फेष्टिबललाई झापा तथा मोरङ्का विभिन्न स्थानीय तहले सहयोग गरेका छन्।

झापा र मोरङमा सघन तथा सुनसरीका केहि क्षेत्रमा परम्परागत बसोबास रहेको धिमाल जातिलाई झापाको दमक तथा मोरङको पथरी र बेलबारी नगरपालिकाले प्रथम नागरिक घोषणा गरेका छन्। २०६८ सालको जनगणना अनुसार धिमाल जातिको जनसंख्या २६ हजार २ सय ९८ रहेको छ।

प्रकाशित मिति: : 2021-02-14 12:34:00

प्रतिकृया दिनुहोस्