भोलि लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा 

aarthiknews.com
aarthiknews.com

लुम्बिनी प्रदेश सरकारले स्थापना दिवसको अवसरमा भोलि सार्वजनिक विदा दिएको छ।

प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश सरकारले प्रदेशका १२ वटै जिल्लामा सार्वजनिक बिदा दिएको हो।

प्रदेश सरकारको मन्त्रीपरिषद् २०७७ बैशाख १ गतेको निर्णय अनुसार फागुन ३ गते बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय लुम्बिनी प्रदेशले जानकारी दिएको छ।

मन्त्रालयका शाखा अधिकृत देविराम पाठकका अनुसार स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिइएको हो।

स्थापना दिवसकै अवसरमा भोलि प्रदेशको राजधानी राप्ती उपत्यका (देउखुरी) को राप्ती प्राविधिक शिक्षालय परिसरमा मुल समारोहको आयोजना गरिँदैछ। यसअघि स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम अस्थायी मुकाम बुटवलमा हुँदै आएको थियो।

भोलि हुने मुल समारोहमा विभिन्न पदक समेत वितरण गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। यस्तै फागुन ४ गते प्रदेशभित्रको कुनै एक क्षेत्रभित्र हिउँदे फलफुलका विरुवा रोप्ने कार्यक्रम समेत तय भएको छ।

प्रकाशित मिति: : 2021-02-14 16:04:00

प्रतिकृया दिनुहोस्