वैदेशिक रोजगार: मलेशियाका अस्पतालमा नेपालीका ३५ शव, १८ वटा यो साता ल्याइने

बिबिसी

काठमाडाै‌ं

कोरोनाभाइरस महामारीका कारण नियमित उडान नहुँदा वैदेशिक रोजगार गन्तव्य मलेशियामा मृत्यु भएका कैयौँ कामदारका शवहरू नेपाल ल्याउन कठिनाइ भइरहेको अधिकारीहरूले बताएका छन्।

मलेशियास्थित नेपाली दूतावासका अनुसार हाल त्यहाँ ३५ जना नेपालीका शवहरू विभिन्न अस्पतालमा रहेका छन्।

ती शवहरू नेपाल ल्याउन 'सरकारलाई आग्रह गरिए' अनुसार 'यसै साता नेपाल वायुसेवा निगमको जहाज मलेशिया जान लागेको' वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए।

बोर्डले वैदेशिक रोजगारीमा निधन भएकाहरूको शव ल्याउने र परिवारसम्म पुर्‍याउने गर्छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीको धेरै मृत्यु हुने देशहरूमा मलेशिया पनि पर्छ।

कोरोनाभाइरससँग जुझ्न भन्दै मलेशियाले गत साता मात्र त्यहाँ सङ्कटकाल लगाएको छ। उक्त सङ्कटकाल आउँदो अगस्टसम्म रहने बताइएको छ।

शव किन थुप्रिए?

कोभिड-१९ का कारण कामदारको आदानप्रदानमा कमी हुँदा र अन्य मानिसहरूको आवतजावतमा पनि कडाइ भएकाले मलेशिया र नेपालबीच हुने नियमित उडानहरू कम भएको अधिकारीहरू बताउँछन्।

त्यसले गर्दा अहिले भइरहेका उडानहरूमा पनि सबैजसो कम्पनीले साना जहाज मात्र उडाइरहेको मलेशियास्थित नेपाली दूतावासका द्वितीय सचिव प्रतीक कार्कीले बताए।

प्रकाशित मिति: : 2021-02-15 10:29:00

प्रतिकृया दिनुहोस्