'भ्यालेन्टाइन डे'कै दिन दुई युवकले गरे एक युवकमाथि बलात्कार 

starofmysore.com
starofmysore.com

झापाको कनकाई नगरपालिका–७, बिरिङ नदीको लुकुनी खाडीमा दुई युवकले बलात्कार गर्दा एक जना युवक सख्त घाइते भएका छन्।

शनिबार बेलुकी ७ बजेको समयमा कनकाई नगरपालिका ६ का १९ वर्षीय पारस तामाङ र कन्काई–७ का २१ वर्षीय विनोद टुडुले कन्काई–७ का ३० वर्षीय युवकलाई खोला किनारामा अप्राकृतिक यौन क्रियाकलाप गरी घाइते बनाएको प्रहरीले जनाएको छ।

घाइते युवकको हाल बिर्तामोडस्थित बिर्तासिटी हस्पतालमा उपचार भइरहेको तथा अप्राकृतिक यौन क्रियाकलापमा संलग्न दुवैलाई पक्राउ गरी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: : 2021-02-15 13:32:00

प्रतिकृया दिनुहोस्