चित्रबहादुर केसीको आरोप– ओलीले राष्ट्रिय ढुकुटीको दुरुपयोग गरे

nepal24hours.com
nepal24hours.com

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय ढुकुटीको दुरुपयोग गरिरहेको आरोप लगाएका छन्।

उनले त्यसविरुद्ध आफ्नो पार्टीले संघर्ष गरिरहेको पनि बताए। राजमो अध्यक्ष केसीले सोमबार एक वक्तव्य जारी गर्दै भनेका छन्, ‘ओलीले आफ्नो कदमलाई सही ठह-याउन र आफ्नो पार्टीबाट फुटेकाहरुलाई चुनौती दिन उनकै भाषामा शक्ति प्रदर्शन गर्न राष्ट्रिय कोष रित्याइरहेका छन्।’

ओली सरकारविरुद्ध राजावादीबाहेक देशका सबै राजनीतिक दल, संगठन, संघ, संस्था, पत्रकार, नागरिक समाज आदि सबैतिरबाट ओलीको संसद विघटन र प्रतिगमनको खतराको विरोधमा संघर्ष भइरहेको पनि बताए।

‘ओलीले स्वच्छन्द तरिकाले विभिन्न संवैधानिक तथा राजनीति नियुक्ति गर्दै गइरहेका छन्। उनलाई आफ्नो असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमप्रति गल्तीको बोध भएको छैन’, केसीले भनेका छन्, ‘सर्वाेच्च अदालत र निर्वाचन आयोग जस्ता संवैधानिक र स्वायत्त निकायहरुलाई अनुचित तरिकाले प्रभाव पार्न प्रयत्न गरेका छन्।’

केही दिनअघि निर्वाचन आयोगमा राज्यको कार्यकारी प्रमुख आफैँ गएर आयोगलाई दबाब दिएको आरोप लगाउँदै केसीले भनेका छन्,‘त्यस कारण आन्दोलनलाई अझ ब्यापक र घनिभूत पार्दै जानुपर्ने आवश्यकता भएको छ।’



'राजनीतिक अस्थिरताको खेल मैदान बन्नबाट रोक्न मैले प्रतिनिधिसभा विघटन गरेँ'

प्रकाशित मिति: : 2021-02-15 17:13:00

प्रतिकृया दिनुहोस्