यस्तो छ प्रधानमन्त्रीको नयाँ कार्यालय (तस्बिरहरु)

बिएल संवाददाता

काठमाडाै‌ं
तस्बिरहरु - राजन काफ्ले / प्रधानमन्त्री कार्यालय
तस्बिरहरु - राजन काफ्ले / प्रधानमन्त्री कार्यालय

प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछि पुनर्निर्माण भएको देशकोे मुख्य  प्रशासनिक भवनकोे सोमबार उद्घाटन गरे। उद्घाटनलगत्तै उनी आफ्नो नवनिर्मित कार्यकक्षमा गएर केही बेर कुर्सीमा आसनग्रहण पनि गरे।

प्रधानमन्त्री ओली करिब १० महिनापछि आफ्नो कार्यकक्षमा पुगेका हुन्। कोरोना भाइरस संक्रमणपछि महामारी फैलिएपछि उनी सिंहदरबार गएका थिएनन्, सबै काम प्रधानमन्त्रीनिवास बालुवाटारबाटै गर्दैै आएका थिए।

राणा प्रधानमन्त्री चन्द्रसमशेरका पालामा निर्मित भवन हो– सिंहदरबार। यसमा प्रधानमन्त्री कार्यालय रहँँदै आएकोमा ०७२ बैशाख १२ को भुइँचालोले उक्त भवन क्षतिग्रस्त भएको थियो। त्यसपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सचिवालय त्योभन्दा पूर्वपट्टिको भवनमा सारेरको थियो। 

सरकारले त्यसको अग्रभाग जोगाएर मर्मत गरेको थियो। सिंहदरबारकैै पछाडिको ठूलो हिस्सा २०३०  सालमा आगलागी भएर क्षति पुगेको थियो।

तस्बिरहरु -

प्रकाशित मिति: : 2021-02-15 18:59:00

प्रतिकृया दिनुहोस्