झापाको 'बालुवाटार काण्ड' : पुरी परिवारको नाममा रहेको साढे १७ बिघा जग्गा जफत गर्नुपर्ने निष्कर्ष

नेपाल लाइभ

काठमाडाै‌ं

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता गगन पुरी भनेर चिनिने रेवतराज पुरीको नाममा रहेको झण्डै साढे १७ विघा जग्गा तत्काल जफत गरी सरकारको नाममा ल्याउनुपर्ने निष्कर्ष सम्पत्ति शुद्धीकरण विभागले निकालेको छ। झण्डै तीन महिना लामो अनुसन्धान गरेको विभागले पुरीसहित उनकी श्रीमती र आफ्न्तको नाममा रहेको साढे १७ विघा जग्गा सरकारको नाममा ल्याउनुपर्ने ठहर गरेको हो। 

गत मंसिर ९ गते पुरीलाई पक्राउ गरी विभागले माघ २१ गतेसम्म अनुसन्धान गरी मुद्दा दर्ता गरेको थियो। विभागले तयार पारेर बुझाएको अनुसन्धान फाइलमा उनीसहित श्रीमती सीमा भनिने केशावती पुरी, गगनको दिदी मनमाया पुरी, भाइ देवकुमार पुरी र पथरीका ओमप्रकाश पौडेलको नाममा रहेको ११८०२०.८८ वर्गमिटर अर्थात १७ विघा ८ कट्ठा १०.५१७ धुर जग्गा सरकारको नाममा ल्याउनुपर्ने निष्कर्ष निकालेको हो। 

गगनको नाममा रहेको झापाको दमक नगरपालिका–१४ मा रहेको ५९४.६ वर्ग मिटर जग्गा सरकारको रहेको तथ्य विभागले निकालेको छ। 

प्रकाशित मिति: : 2021-02-16 07:51:00

प्रतिकृया दिनुहोस्