बिहानै खेतमा भेटियो एक महिलाको शव, हत्या भएको आशंका

विजय साह

जनकपुरधाम

धनुषाको कमला नगरपालिकामा एक महिलाको शव खेतमा फेला परेको छ।  कमला नगरपालिका वडा नम्बर २ माचि झिटकैयामा मंगलबार (आज) बिहान एक महिलाको शव खेतमा फेला परेको ईलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ।

हुलाकी राजमार्गभन्दा करिब १० मिटर दक्षिण खेतमा सो महिलाको शव मृत फेला परेको थियो। मृतक महिला झिटकैयाको पश्चिमबारी टोल बस्ने खुसिया गडेरीकी पत्नी (अन्दाजी ४२ वर्ष) रहेको कमला नगरपालिका वडा नं २ का वडा अध्यक्ष धनेश्वर यादवले जानकारी दिए।

स्थानीय एक युवक शौचका लागि खेततर्फ गइरहेको बेला महिलालाई मृत अवस्थामा देखेपछि वडा ध्यक्षलाई खबर गरेका थिए। मृतक महिला खुसिया गडेरीको दुई पत्नी मध्ये जेठी पत्नी थिईन्। उनको हत्या गरेर खेतमा फालेको हुनसक्ने आशंका गरिएको छ।

अहिले  प्रहरी टोली  घटनास्थलमा पुगेर अनसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक हृयेन्द्र रोकायाले जानकारी दिए।

प्रकाशित मिति: : 2021-02-16 12:12:00

प्रतिकृया दिनुहोस्