विपन्न परिवारलाई कम्बल वितरण

News24

जयपृथ्वी नगरपालिका र केदास्युँ गाउँपालिकाका विपन्न परिवारलाई कम्बल वितरण गरिएको छ।

प्रगतिशील युवा समाज र वल्र्डभिजनको सहकार्यमा  चार सय कम्बल वितरण गरिएको संस्थाका कार्यकारी निर्देशक लवराज जोशीले जानकारी दिए।

‘चिसो मौसमलाई ध्यानमा राखी आश्रित बालबालिका र उनका परिवारलाई केही राहात दिने उद्देश्यले कम्बल बाडेका हौँ’ उनले भने।

संस्थाले कोरोना महामारीको समयमा पनि समुदायस्तरमा खाद्यान वितरण गरेको उनले बताए।

गरीब, दुःखी, एकल महिला, बालबालिकालाई बेलाबेलामा खाद्यान्न, लत्ता कपडा दिएर आफूहरुलाई ठूलो सहयोग पुगेको जयपृथ्वी नगरपालिका भण्डार घर भएकी आलिकुली रोकाया बताउँछिन्।

संस्थाले त्यतिमात्र नभई प्रगतिशील युवा समाज र वल्र्डभिजनको सहकार्यमा स्थानीय तहसँग समन्वय गरेर जोखिममा रहेका बालबालिकाको गुणस्तरीय शिक्षा, संरक्षण र जीविकोपार्जनका क्षेत्रमासमेत काम गदै आएको उनको भनाई छ।

प्रकाशित मिति: : 2021-02-16 13:10:00

प्रतिकृया दिनुहोस्