डढेलो नियन्त्रणका सामग्री भण्डार व्यवस्थामा पहिलो प्राथमिकता दिने भएको छ।
वर्षायाममा बाढीपहिरोबाट प्रभावित हुने र हिउँद याममा लाग्ने वन जङ्गलका डढेलो नियन्त्रणमा मद्दत पु¥याउनका लागि सामग्री भण्डार व्यवस्थामा पहिलो प्राथमिकता दिने भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए।
सुरक्षा निकाय, सरोकारवाला र गैरसरकारी संस्थाबीच सोमबार जिल्ला प्रशासन कार्यालय रसुवामा आयोजित कार्यकूममा बोल्दै उनले भने, ‘पर्नसक्ने विपद् र समाधानका अवस्थामा खोज, उद्वार एवं तत्कालको राहतका लागि प्राथमिकता दिने तय भएको हो।’
सरकारी निकायको साथै जिल्लास्थित नेपाल रेडक्रस, अपाङ्गता पुनःस्थापना केन्द्र र ट्रान्सपरेन्सी इन्टरनेशनल निकायसमेतका प्रतिनिधिको उपस्थितिमा भएको समीक्षा कार्यक्रमले रसुवामा बढी भीरपाखो भएका कारण डढेलो नियन्त्रणमा भने सफलता हासिल गर्न नसकेको सहभागीले बताएका छन्।
गत महिना हाकु क्षेत्रको जङ्गलमा लागेको डढेलोलाई कोटया्उदैँ प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले भने, ‘तीन दिनको प्रयासमा अग्नि रेखा बनाएर नियन्त्रणमा ल्याइएको थियो।’
भौगोलिक विकटता, बढी भीरपाखो, अधिकांश समय चलिरहने हावाहुरी जस्ता कारण रसुवाको जङ्गलमा अचानक लाग्ने डढेलो नियन्त्रणमा कठिनाइ हुने गरेको वन प्राविधिकले बताएका छन्।
रसुवाको जङ्गलमा डढेलो लाग्दा स–साना वनस्पति नोक्सान हुँदै गएको स्थानीय बासिन्दाले बताएका छन्।जिल्ला विपद् व्यवस्थापन समितिमा खोज उद्वारका केही सामग्री मौज्दात रहेको प्रजिअ पन्तले बताए। ‘अपुग सामग्री जुटाउने प्रयासमा आफू अगाडि बढिरहेको छ।’