पाँचथरमा तेक्वान्डो प्रशिक्षण सुरु 

Suryakhabar

 पाँचथरमा आजदेखि तेक्वाण्डोको प्रशिक्षण सुरु  गरिएको छ।

दुर्गम क्षेत्रका युवायुवतीलाई खेलकूदप्रति आकर्षण बढाउनका लागि तेक्वाण्डोको प्रशिक्षण सुरुवात गरिएको आइटीएफका केन्द्रीय उपाध्यक्ष एवं प्रदेश नं १ का अध्यक्ष प्रवीण कार्कीले जानकारी दिए। 

'तेक्वाण्डोका नयाँ खेलाडी उत्पादन गर्न विद्यालयस्तरदेखि खेलकूद क्षेत्रको विकास गर्ने उद्देश्यले प्रशिक्षण दिन लागिएको हो' उनले भने। 

युवालाई यस खेलको व्यावहारिक तथा सैद्धान्तिक ज्ञान बढाउन प्रशिक्षण दिन शुरु गरिएको  बताउदैं तेक्वाण्डोका सेकेण्ड डन नितेश खवासले प्रशिक्षण दिने उनले बताए। 

यसैगरी सोही जिल्लाको याङ्वरक गाउँपालिका–३ ओयाममा रहेको गुप्तेश्वर माध्यमिक विद्यालयमा अध्ययरत विद्यार्थीलाई तेक्वाण्डोका खेलकूद सामग्री आज हस्तान्तरण गरिएको छ।

खेलकूद सामग्री आइटीएपका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश अध्यक्ष कार्की, प्रदेशका सचिव नवीन तामाङ, पाँचथर खेलकूद विकास समितिका प्रमुख मात्रिका दाहाललगायतको विद्यार्थीलाई प्रदान गरेका हुन्। 

प्रकाशित मिति: : 2021-02-16 20:43:00

प्रतिकृया दिनुहोस्