नेविसंघका विद्यार्थीद्वारा पेट्रोलियम पदार्थको मूल्य बृद्धि र बैताडी घटनाविरुद्ध विरोध प्रदर्शन 

नेपाल विद्यार्थी संघ आरआर क्याम्पसका विद्यार्थी सरकारले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेकोविरुद्ध विरोधमा प्रदर्शन गरेको छन्।

बुधबार बिहान क्याम्पस परिसरमा नाराबाजी गर्दै विरोध गरेका हुन्।

नेपाल आयल निगमले गत हप्ता पेट्रोलियम पदार्थमा मूल्यबृद्धि गरेको थियो।त्यसको विरोधमा नेविसंघका विद्यार्थीले विरोध जनाएका हुन्।

त्यस्तै, मंगलबार बैताडीमा आयोजित नेपाली कांग्रेसको सभामा प्रधानमन्त्री केपी ओली पक्षका कार्यकर्ताले गरेको आक्रमणको विरोध गरेका छन्।

प्रधानमन्त्री ओलीको उन्मादले जनातलाई सस्ती दिन खोजेकोले आफुहरु आन्दोलित भएको प्रदर्शनमा सहभागी विद्यार्थी नेता अनुराग शाहले बताएक छन्।

प्रकाशित मिति: : 2021-02-17 10:26:00

प्रतिकृया दिनुहोस्