प्रधानमन्त्रीसँग जापानी राजदूतले गरे बिदाइ भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानी राजदूत मासामिची साइगोले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बिदाइ भेट गरेका छन्।

राजदुत साइगो आफ्नो दुई वर्ष नौ महिनाको कार्यकाल सम्पन्न गरी स्वदेश फर्कन लागेका हुन्।

भेटमा प्रधानमन्त्री ओलीले राजदूत साइगोकोको कार्यकाल सफल रहेको उल्लेख गर्दै यस अवधिमा नागढुंगा सुरुङ लगायतका विभिन्न कार्यक्रमहरुमार्फत् नेपाल र जापानबीचको मैत्री सम्बन्ध थप सदृढ बनाउन खेल्नु भएको भूमिकाका लागि धन्यवाद व्यक्त गरे।

प्रधानमन्त्रीले आगामी दिनमा दुई घनिष्ट मित्रराष्ट्रहरु नेपाल र जापानबीच राष्ट्राध्यक्ष तथा सरकार प्रमुख स्तरको भ्रमण आदानप्रदान हुने अपेक्षा समेत व्यक्त गरेका थिए।

राजदूत साइगोले आफ्नो कार्यकालभरि नेपाल सरकारबाट प्राप्त सहयोगका लागि आभार प्रकट गरेका थिए ।

प्रकाशित मिति: : 2021-02-17 16:18:00

प्रतिकृया दिनुहोस्