एमिकसमा खरेल भर्सेस मैनालीः ‘प्रणाली ध्वस्त पार्ने भए विघटनको अधिकार छ’

पहिलोपोष्ट

काठमाडौं

काठमाडौं: प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा एमिकस क्युरीले संवैधानिक इजलासलाई राय दिने क्रम जारी छ। बुधबार वरिष्ठ अधिवक्ताद्वय सतीशकृष्ण खरेल र विजयकान्त मैनालीले आ-आफ्नो धारणा राखे।

मंगलबार वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले एकातिर विघटनलाई असंवैधानिक र अर्कोतिर संविधानमा स्पस्ट अधिकार नभएर लुकेको भनेर मध्यमार्गी धारणा राखेका थिए। खरेल र मैनालीले भने फरक धारणा राखे। खरेल स्पस्ट रुपमा पुनर्स्थापनाको पक्षमा उभिए भने मैनालीले विघटनको पक्षमा राय दिए। यद्यपि मैनालीको राय बहस आज सकिएन, बिहीबार पनि जारी रहनेछ।

प्रकाशित मिति: : 2021-02-18 06:02:00

प्रतिकृया दिनुहोस्