मोटाउनुलाई स्वस्थ एवं सुखी जीवन ठान्ने भ्रममा त हुनुहुन्न ?

रातोपाटी

काठमाडाै‌ं

माया श्रेष्ठ

सामान्यतया,कुपोषणको सिकार भएको मानिस दुब्लो,पातलो हुन्छ भन्ने आम मान्यता छ । नेपाली समाजमा मोटाघाटा मानिसलाई सुखी अनि स्वस्थ ठान्ने चलन छ । यदि तपाईमा पनि यस्तै सोच छ भने तपाई भ्रममा हुनुहुन्छ । मोटाघाटा सबै मानिस स्वस्थ र सुखी हुँदैनन् । अनि दुब्लो र पातलो मानिसमात्र कुपोषणको सिकार भएको हुँदैन । कुपोषणको सिकार भएका मानिस पनि मोटाघाटा हुन सक्छन् ।

नेपालमा महिला तथा बालबालिकाहरूमा मोटोपन दर डरलाग्दो तरिकाले बढ्दै गएको छ । मोटोपनको दर बढ्नु स्वस्थ एवं सुखमय जीवनको पर्याय नभएको स्वास्थ्यविद्हरु बताउँछन् ।

उमेरसमूह अनुसार निर्धारितभन्दा कम वा बढी तौल भएका मानिसमा कुपोषण हुन सक्ने परिवार कल्याण महाशाखा अन्तर्गत पोषण शाखाका प्रमुख केदारराज पराजुली बताउँछन् । कुपोषण हरेक उमेर समूहका मानिसमा हुन सक्ने उनको भनाइ छ ।

पछिल्लो समय नेपाली महिलाहरूमा मोटोपन बढेको पाइन्छ । सन् १९९६ मा नेपाली महिलाहरूको मोटोपन दर २ प्रतिशतमात्रै थियो । महिलाहरूमा मोटोपनको दर प्रत्येक वर्ष सरदर एक प्रतिशतका दरले वृद्धि हुँदै गएको पोषण शाखाले जनाएको छ ।

प्रकाशित मिति: : 2021-02-18 15:59:00

प्रतिकृया दिनुहोस्