काठमाडौँको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. को २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
लाजिम्पाटस्थित साङ्ग्रिला होटलमा सम्पन्न साधारण सभाले आगामी कार्यकालका लागि नयाँ सञ्चालक समितिको गठन गरेको छ।
नवनियुक्त सञ्चालकहरु मध्येवाट डा. आनन्द प्रसाद श्रेष्ठलाई ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरको संचालक समितिको अध्यक्षमा सर्वसम्मतबाट चयन गरेको छ।
अन्य सञ्चालकहरुमा सरला रिजाल, शरदकान्त अधिकारी, टंक श्रेष्ठ, डा. हरि किशोर श्रेष्ठ, डा. राजेश किशोर श्रेष्ठ, डा. केशव प्रसाद सिंह, डा. गिसुप निख प्रसिको, डा. रिता सिंह हमाल, डा.सरोज सेढाँई र डा.अनिश मुडभरी छन् ।