आईपीएल अक्सनमा सन्दीप बिकेनन्

बिएल संवाददाता

काठमाडाै‌ं

लेग स्पिनर क्रिकेटर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको अक्सनमा ‘अनसोल्ड’ भएका छन्।

चेन्नईमा जारी अक्सनमा ग्लोबल आइकन सन्दीपलाई पहिलो राउन्डमा कुनैपनि टिमले बोलि लगाएनन्।

अक्सनमा सन्दीपको न्युनतम मूल्य ४० लाख भारु तोकिएको थियो। सन्दीपले यसअघि तीन सिजन दिल्ली क्यापिटल्सबाट खेलेका थिए।

सन्दीपले दिल्लीबाट तीन सिजनमा कुल ९ खेलमा १३ विकेट लिएका थिए। तर, गत सिजन दिल्ली फाइनलमा पुग्दा सन्दीपले एक खेल पनि खेल्न पाएका थिएनन्। दिल्लीमा रविचन्द्रन आश्विन, अमित मिश्रा र अक्षर पटेल जस्ता अनुभवी स्पिनर हुँदा सन्दीपले मौका नपाएका हुन्। दिल्लीले उनलाई यो पटक  रिलिज गरेको थियो।

प्रकाशित मिति: : 2021-02-18 18:06:00

प्रतिकृया दिनुहोस्