नेकपा (प्रचण्ड) समूहले बोलायो आकस्मिक केन्द्रीय कमिटी बैठक

File Photo
File Photo

नेकपा प्रचण्ड समूहले आकस्मिक केन्द्रीय कमिटी बैठक बोलाएको छ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेका लागि आकस्मिक बैठक बोलाइएको हो।

यसअघि यो समूहले केन्द्रीय सदस्यहरुलाई नागरिकतासहित उपस्थित हुन भनेको थियो। 

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजित भएको थियो।

प्रतिनिधिसभा विघटनविरुद्ध चरणबद्ध आन्दोलन गरिरहेको यो समूहले निर्वाचन आयोगमा गएको २० माघमा वैधानिकताका लागि निवेदन दिएको छ । तर आयोगले थप प्रक्रिया अगाडि बढाएको छैन ।

प्रकाशित मिति: : 2021-02-19 12:52:00

प्रतिकृया दिनुहोस्