तरुण दलद्वारा स्वास्थ्य सामग्री वितरण

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल तरुण दलले ७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री वितरण गरेको छ।

कोभिड–१९ को जोखिमको अवस्थामा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) मा कार्यरत स्वास्थ्यकर्मीलाई सो सामग्री वितरण गरिएको हो।

उनीहरुलाई आज एक कार्यक्रमकाबीच सामग्री हस्तान्तरण गरिएको तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेतले जानकारी दिए।

‘अस्पतालका रजिष्ट्रार प्रा डा पारस आचार्यलाई  दुई हजार ५००  मास्क, १०  पिपीई सेट र २८ फेस शिल्ड दिएको हो’ उनले भने। 
 

प्रकाशित मिति: : 2021-02-19 17:44:00

प्रतिकृया दिनुहोस्