प्रतिनिधिसभाको बिघटन असल मनसायबाट भएको छैन्ः  वरिष्ठ नेता पौडेल

रासस

सुनसरी
Photo : Suvadin
Photo : Suvadin

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभाको बिघटन असल मनसायबाट नभएको आरोप लगाएका छन्। 

वरिष्ठ नेता पौडेलले कांग्रेसमा पटक–पटक दुई वटा धार हुदै आएको उल्लेख गर्दै पार्टीमा दुई वटा धार भएपनि सबै एकै ठाउँमा आउने भएकाले नआत्तिनका लागि नेता तथा कार्यकर्तालाई आग्रह गरे। 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कम्युनिष्ट पार्टीको आन्तरिक विवादका कारण प्रतिनिधिसभा विघटन हुनु उपयुक्त नभएको बताउदै अदालतले जे निर्णय गर्छ कांग्रेसले त्यसलाई मान्नुपर्नेमा जोड दिए। 
 

प्रकाशित मिति: : 2021-02-20 20:54:00

प्रतिकृया दिनुहोस्